free website hit counter

काठमाडौंमा बीमा सम्वन्धि दुई अन्तराष्ट्रिय सम्मेलन हुँदै

beemaadmin
२०८१ असार १६, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही समयको अन्तरालमा २ वटा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।प्राधिकरणले आगामी अक्टोबर (असोज–कात्तिक) मा एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । त्यसको मिति भने तोकिएको छैन । त्यस्तै कात्तिक ५ गतेदखि ९ गतेसम्म म्युनिख रि, जीवन र निर्जिवन बीमक संघको पहलमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । पहिलो अर्थात एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलनमा ४८ देशका बीमा क्षेत्रको नियामनकारी निकायहरुको सहभागिता रहने निश्चित भएकोछ । यो कार्यक्रममा मुख्य गरि अन्तरदेशीय पोलिसी व्यवस्थापनको बिषयमा केन्द्रित रही छलफल हुने प्राधिकरणले जानकारी दिएको छ । अल्पविकसित र गरीब मुलुकहरूमा बीमा कार्यक्रमको प्रभावकारिताको विषयमा केन्द्रित रही आयोजना गर्न लागिएको अर्को सम्मेलन भने म्युनिख रिको वार्षिक कार्यक्रमकै निरन्तरता हो । अघिल्लो वर्ष घानामा सम्पन्न सम्मेलनले अर्को सम्मेलन नेपालमा गर्ने निर्णय गरे अनुसार नै यस बर्ष नै नेपालमा गर्न लागिएको हो । यो कार्यक्रम म्युनिख रि, माइक्रो इन्स्योरेन्स नेटवर्क र बीमक संघ र प्राधिकरणको सहकार्यमा आयोजना हुन लागेको हो । स्मरणरहोस म्युनिख रि जर्मनीको म्युनिखमा रहेको पुनर्बीमा सम्वन्धित बहुराष्ट्रिय बीमा कम्पनी हो। यो संसारको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी हो। म्युनिक रिले हरेक वर्ष अल्पविकसित र गरीब मुलुकहरूमा विभिन्न सम्मेलन तथा कार्यक्रमहरु गर्ने गर्छ । यो सम्मेलनमा ५० भन्दा बढी देशका बीमा कम्पनी र विमासँग सम्वन्धित विज्ञहरु सहभागी हुने बताइएको छ । त्यो सम्मेलन समावेशी बीमासम्बन्धी नीतिमा केन्द्रित रही गर्न लागिएको छ ।

सम्बन्धित समाचार