free website hit counter

काठमाडौंमा संक्रमितको संख्या ३ हजार पनि नाघ्यो

beemaadmin
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । बाक्लो र अव्यवस्थित बसोबास भएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार नाघेको छ । यस्तो ठाउँमा समुदाय स्तरमा कोरोना संक्रमण गए नियन्त्रण गर्न नसकिने सरकारले चेतावनी दिएको छ ।

काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतवार मात्रै काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका हुन्। काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढिरहेको छ। केही महिना अघिसम्म भारतसँग सीमा जोडिएको जिल्लामा संक्रमण उच्च भएपनि लकडाउन हटेपछि काठमाडौंमा संक्रमणको ग्राफ लगातार उकालो लागेको छ। संक्रमण बढन थालेपछि सरकारले ३ गते देखि लागु हुनेगरी भदौ १० गते सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ। निषेधाज्ञा लगाएको भए पनि संक्रमित भेटिने क्रममा भने कमी आएको छैन।

मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंको जनघनत्व धेरै भएकाले संक्रमण समुदायमा फैलिएमा नियन्त्रण गर्न कठिन हुने बताए। गौतमले मानिसहरुले कोभिड १९ को संक्रमणबाट बच्न सरकारले जारी गरेको निर्देशनको राम्ररी पालना नभएको बताए। उनले नियमको पालना गर्न आग्रह गर्दै संक्रमण रोक्न सबैको साथ जरुरी भएको बताए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार