free website hit counter

काठमाडौं उपत्यकामा ४५४ सहित १३५९ जनामा कोरोना संक्रमण

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर १ हजार ३५९ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै ४५४ जनालाई पुष्टि भएको छ । काठमाडौंका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जनालाई कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । सोमध्ये निको हुनेको संख्या २५ हजार ५६१ रहेको छ । २४ घण्टामा १ हजार ३५४ जना डिस्चार्ज भए । यस्तै २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भयो ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार