free website hit counter

कार्यकक्षमै बेहोस भेटिएका बीमा कम्पनीका म्यानेजरको निधन

beemaadmin
२०७७ कार्तिक १, शनिबार

काठमाडौं । कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक रिलायन्स लाइफ कम्पनीको शाखा म्यानेजरको उपचारको क्रममा मृत्यु भएको छ। रिलायन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि कार्यालयका कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएका थिए। स्थायी ठेगाना बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्दै आएका थिए।
घटनास्थल नजिकैबाट सल्फासको बोतल फेला परेको प्रहरीले जनाएको छ। वान्ता गरेको र बेहोस भएर ढलेको अवस्थामा फेला परेपछि उपचारका लागि धनगढी ल्याएकोमा उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

सम्बन्धित समाचार