free website hit counter

कालिकोटमा प्रदेश सरकारको सक्रियता

beemaadmin
२०७६ पुष ३, बिहीबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कालिकोट जिल्ला अस्पतालको आयोजनामा श्रम दिवस कार्यक्रम सम्पन्न भएको छ । श्रम दिवस कार्यक्रममा मुख्यमन्त्रीलगायत प्रदेश मुख्यसचिव तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी कर्णाली प्रदेशको विकट जिल्लाको रुपमा रहेको कालिकोट जिल्लामा रहेको जिल्ला अस्पतालको निरीक्षण प्रदेश सरकारका तर्फबाट भएको छ । सो कार्यक्रममा मुख्यसचिव केवल भण्डारी, समाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेलगायतको उक्त निरीक्षण कार्यक्रममा सहभागिता रहेको थियो । निरीक्षण कार्यक्रमपछि उहाँहरुले अस्पतालबाट भइरहेका सेवाहरुको जानकारी लिनुभएको अस्पतालका प्रमुख डा. पुनेश्वर केसरीले बताउनुभयो ।
यसैबीच, स्वास्थ्य सेवा कार्यालय कालिकोट मातहतको जिल्ला अस्पताल कालिकोटमा नवनिर्मित प्रसूती तथा नवजात शिशु कक्षको समुद्घाटन संघीय सांसद दुर्गाबहादुर रावतबाट सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सरोज बोगटीले गर्नुभएको थियो भने विशेष अतिथीका रुपमा खाडाचक्र नगरपालिकाको मेयर जसीप्रसाद पाण्डे उपस्थित हुनुहुन्थ्यो । अस्पतालका प्रमुख डा. केशरीले उपस्थित सबैलाई कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित समाचार