free website hit counter

कालिन्चोक दर्शनले पनि आईपीओ निष्कासन गर्ने

beemaadmin
२०७८ माघ १४, शुक्रबार

काठमाण्डौ । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा कालिन्चोक दर्शनको काठमाण्डौको गौशालास्थित कार्यालयमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले आज हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार