free website hit counter

किशोरी बलात्कारीलाई ११ वर्ष कैद, क्षतिपूर्ति ५० हजार

beemaadmin
२०७७ आश्विन २४, शनिबार

काठमाडौँ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको हो ।

अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले जानकारी दिए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

लगत्तै उनी पक्राउ परेका थिए । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो । सकारी वकिलको माग दावीअनुसार अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहर हुने गरी कारवाही प्रक्रिया अघि बढाउने भन्दै मंसिर ३० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार