free website hit counter

किष्ट अस्पतालमा भेटियो गर्भवतीसहित चार जनामा कोरोना

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । कोरोना संक्रमण देशव्यापी बनिरहँदा राजधानीमा कोरोना संक्रमित थपिएको थपियै छन् । फेरि ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा उपचाररत एक जना गर्भवतीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा किष्ट अस्पतालमा उपचारका लागि भर्ना भएकी एक गर्भवतीसहित चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। अस्पतालका चिफ अपरेटिङ अफिसर डा. अमिस पाठकका अनुसार संक्रमण देखिएकाहरु २९ वर्षीय गर्भवती महिला, ११ वर्षीय बालक, ६५ वर्षीय पुरूष र ६६ वर्षीया महिला रहेका छन्। संक्रमितमध्ये तीन जना कोरोनाको लक्षण देखिएर आइसोलेसनमा भर्ना भएका बिरामी हुन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार