काठमाडौं । १९ जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले बीमितलाई दिने बोनस दर सार्वजनिक गरे । कम्पनीहरुले आर्थिक वर्ष २०७७–७८ को लागि हालसम्मनेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेका हुन् । १२ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७–७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ । बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।
नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।
आइएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को लागि बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । सावधिक जीवन बीमालेखमा र सावधिक र अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनस पाउनेछन् । वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तरगतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।
ज्योति लाइफ
सानिमा लाइफ इन्स्योरेन्सले पनि २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक र सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस पाउनेछन् । यस्तै अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्युनतम ४३ रुपैयाँ देखि ५० रुपैयाँसम्म बोनस विमीतले पाउनेछन् । ज्योति ईजी पे जीवन बीमा योजनाका बीमितले पनि बीमा योजनाका आधारमा न्युनतम २० रुपैयाँ देखि ३० रुपैयाँ बोनस पाउनेछन् ।
मेट लाइफ
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७७–७८ सम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन । यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।
एशियन लाइफ
एशियन लाइफ इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४० रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।
रिलायवल नेपाल लाइफ
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७५ रुपैयाँ सम्म पाउनेछन्। । सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेखमा ३० रूपैयाँ बोनस पाउनेछन् । रिलायवल सजिलो जीवन बीमा ९एकल तथा सिमित अवधि भुक्तानी० सबै अवधिहरुमा प्रतिहजार २५ रुपैयाँ निरर्धारण गरिएको छ । रिलायवल सुलभ जीवन बीमालेखमा २४ रुपैयाँ देखि ४० रुपैयाँसम्म, रिलायवल उच्चशिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्युनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ५० रूपैयाँसम्म बोनस दर कायम गरिएको छ । यस्तै रिलायबल सम्मुन्नती जीवन बीमा योजनाका सबै बीमा अवधिहरूमा २० रूपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।
सूर्या लाइफ
सूर्या लाइफ इन्स्योरेन्सले पनि बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरको छ । चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ६५ रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।
नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक (सुरक्षित जीवन, जीवन ज्योति,ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना र जीवन लक्ष्मी) बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) योजनामा न्युनतम ६५ रुपैयाँ देखि ८२ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजना (जीवन साहारा) मा पनि न्युनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमालेखमा न्युनतम ५६ रुपैयाँ देखि ५८ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक (धन बर्ष–१५, धन बर्ष–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछारी र सदावहार जीवन) बीमालेखमा ६० रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ । अन्य बीमा योजना अन्तर्गत (जीवन सारथी) मा न्युनतम ६० रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
प्राइम लाइफ
प्राइम लाइफ इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन । कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ५० रुपैयाँ देखि ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ४२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सले २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन । यस्तै सावधिक जीवन बीमा लेख (रेगुलर) मा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन् । वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा न्युनतम ३६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
सन नेपाल लाइफ
सन नेपाल लाइफका इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को लागि बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक०, बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन । सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन० मा ३६ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् । यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।
सानिमा लाइफ
सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को लागि बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । बीमितले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, सावधिक जीवन बीमा योजना (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्रिपल सावधिक बीमा योजना कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर पाउनेछन् । यस्तै, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, अग्रिम भुक्तानी योजनामा ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस पाउनेछन् ।