free website hit counter

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार

काठमाडौं । विश्वमा सबैभन्दा सुरक्षित लगानी सुनलाई मानिँदै आएको छ । विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ । तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३६ टन, रसियासँग २ हजार ३३३ टन छ । अहिले धेरै सुन होल्ड गर्ने राष्ट्रको छैटौ स्थानमा चीन, सातौमा स्वीजरल्यान्ड, आठौंमा जापान, नवौंमा भारत र दशौंमा नेदरल्यान्ड रहेको छ । पछिल्लो केही हप्तादेखि चीनले अन्तर्राष्ट्रिय बजारबाट आक्रामक रुपमा सुन खरिद गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाइरहेका छन् । सम्पत्तिको मूल्यमा लगातार भइरहेको गिरावट, फेडरल रिजर्भले व्याज दर घटाउने प्रक्षेपण, रुस–युक्रेन एवम इजरायल हमास युद्ध जारी रहेको अवस्थामा भुराजनीतिक परिस्थितिले पनि सुरक्षित गन्तव्य स्वरुप पहेलो धातुमा सुनमा लगानी बढिरहेको अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुले बताएका छन् ।

सम्बन्धित समाचार