free website hit counter

कुन बीमकले कति दिँदैछ बोनस ?

beemaadmin
२०८० जेष्ठ १२, शुक्रबार

काठमाडौं । कुन जीवन बीमा कति सक्षम छ, उसको व्यवसाय कुन अवस्थमा छ भन्ने आधार उसले बीमितलाई दिने बोनस दरले निर्धारण गर्दछ । बीमा कम्पनीहरुले हरेक वर्ष बीमितलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च, र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूणर् रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पूँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको रुपमा वितरण गरिन्छ । बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।
मर्जरमा गएकासहित नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये ११ वटा कम्पनीले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८–७९ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् । हालसम्ममा सिटिजन लाइफ, सन नेपाल लाइफ, साविकको ज्योति लाइफ, आइएमई लाइफ, साविकको सूर्या लाइफ, मेट लाइफ, एशियन लाइफ, साविकको युनियन लाइफ, साविकको प्राइम लाइफ, नेशनल लाइफ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को लागि बोनसदर सार्वजनिक गरेका हुन् । ११ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८–७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ । बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स
यस कम्पनीका बीमितले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार कम्पनीको अग्रीम भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै सावधिक जीवन बीमा लेख (रेगुलर) मा बीमितले प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेखमा न्युनतम ४२ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् । वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २२ रुपैयाँ देखि ३८ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स
यस कम्पनीले आर्थिक वर्ष २०७८–७९ को लागि बीमितलाई बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र सुनौलो सावधिक जीवन बीमा लेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन । यस्तै कम्पनीले नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँ, सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा सबै अवधिको लागि ४२ रुपैयाँ, सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) र धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमितले बीमा अवधि अनुसार न्युनतम २९ रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।

ज्योति लाइफ इन्स्योरेन्स
साविकको ज्योति लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा बीमामा बीमा अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर पाउउनेछन् । यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाको लागि इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ४३ रुपैयाँ र अधिकतम ५० रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म बोनसदर दिने भएको छ । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा बीमितहरूले वोनस दर पाउनेछन् । कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । सावधिक तथा सामुहिक जीवन बीमालेखमा न्युनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक–अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँदेखि ६३ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तरगतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स
साविकको सूर्य लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७८–७९ को लागि बीमितलाई प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।

एशियन लाइफ इन्स्योरेन्स
एसियन लाइफका बीमितले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर पाउनेछन् । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रुपैयाँदेखि ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ती सुरक्षा प्ल्स, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस पाउनेछन् ।

मेटलाइफ इन्स्योरेन्स
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफले आफ्ना बीमितलाई बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन् ।यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँदेखि ८० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स
यस कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७५ रुपैयाँसम्म पाउनेछन् । सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेखमा ३० रूपैयाँ, रिलायवल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार २५ रुपैयाँ निरर्धारण गरिएको छ । रिलायवल सुलभ जीवन बीमालेखमा २४ रुपैयाँदेखि ४० रुपैयाँसम्म, रिलायवल उच्चशिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्युनतम ६० रुपैयाँदेखि ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रूपैयाँसम्म बोनस दर कायम गरिएको छ । यस्तै रिलायबल सम्मुन्नती जीवन बीमा योजनाका सबै बीमा अवधिहरूमा २० रूपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

युनियन लाइफ इन्स्योरेन्स
साबिकको युनियन लाइफले प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना अन्तरगत बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँसम्म पाउनेछ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ९एकल० मा न्युनतम २७ रुपैयाँदेखि ४२ रुपैयाँ, सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँ र सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्युनतम ४० रुपैयाँदेखि ७४ रुपैयाँसम्म बोनस पाउनेछन् । सिमित भुक्तानी सार्वधिक तथा आजीवन जीवन बीमा योजनाका सबै वर्षका बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनस पाउनेछन् । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तरगत बीमा अवधिको आधारमा न्युनतम १९ रुपैयाँदेखि २७ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम २४ रुपैयाँदेखि ४१ रुपैयाँ बोनस पाउनेछन् । यस्तै जीवन आधार जीवन बीमा योजनामा ५० रुपैयाँ, जीवन उत्थान जीवन बीमा योजनामा र जीवन आवरण जीवन बीमा योजनामा ४० रुपैयाँ बोनस पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्स
साविकको प्राइम लाइफले ले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेकोछ । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन । कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ६० रुपैयाँदेखि ९० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार ९सावधिक० बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स
यस कम्पनीले योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार