free website hit counter

कुन बीमा कम्पनीको सेयर रजिष्ट्रारको काम कसले गर्छ ?

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । ग्राहकहरुलाई मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले खोलिएका क्यापिटल कम्पनीको सङ्ख्या ३१ पुगेको छ भने माछापुच्छ्र्रे क्यापिटल र सम्पन्न क्यापिटल सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको बताइएको छ ।

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको हिमालयन क्यापिटलले औपचारिक रुपमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्दै २० करोड रुपियाँ चुक्ता पुँजीको सो क्यापिटल कारोबार सुरु भएको हो । नेपाल स्टक एक्सचेन्जमा जीवन र निर्जीवन बीमा कम्पनीहरु समेत गरेर २२ वटा बीमा कम्पनीहरु सूचीकृत रहेका छन् । नया खोलिएका बीमा कम्पनीहरु मध्ये कतिपयले साधारण सेयर जारी गरिनसकेको सन्दर्भमा त्यस्ता कम्पनीहरुको सेयर कारोबारमा छैन ।

सेयर रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयले कुनै पनि कम्पनीको सेयरधनी सम्बन्धी अभिलेख राख्ने, लाभांश हिसाब तथा विवरण राख्ने, दाखिला खारेज गर्ने लगानीकर्ता सेयर नामसारी गर्ने जस्ता कार्यहरु गर्ने गर्दछन ।
सेयर बजारमा बीमा कम्पनीहरुमा भएका लगानीकर्ताको सेयरको सेयर रजिष्ट्रार कुन हो भन्ने कुरा लगानीकर्ता माझ दुविधा रहदै आएको सन्दर्भमा त्यस्तो दुविधा अन्त्य तल दिइएको सुचीेले गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार