free website hit counter

सचिवको कार्यकक्ष राज्यमन्त्रीको कब्जामा

beemaadmin
२०७६ मंसिर २५, बुधबार

‘तपाईंहरूलाई अलिकति शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड हुन्, यसरी कर्मचारी थर्काउँदै मन्त्रालय चलाउने । उनका मन्त्री छन्, लेखराज भट्ट । तर, उनको बोली–व्यवहार यस्तो छ कि, मानौँ, फुल मन्त्री नै हुन् । आफ्नो कार्यकक्ष साँघुरो भएको, भेट्न आउने साथीभाइ नाक थुनेर बस्ने गरेकोजस्ता गुनासो गर्दै वाणिज्य सचिव वैकुण्ठ अर्यालको कार्यकक्ष खाली गर्न निर्देशन दिए । ‘सचिव पनि त यो मन्त्रालयको कर्मचारीमध्ये सबभन्दा ठूलो हाकिम हो । उहाँलाई किन नराम्रो कोठामा पठाउने’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब–कुछ थाहा छ !’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ ।

कोठा मात्रै फेरेर उनलाई पुगेन । भित्ताको रंग भएन । भित्तामा टाँस्नका लागि बजारमा किन्न पाइने स्टिकर हालिदिनुपर्ने उनको माग छ । कार्पेट फोहोर र भद्दा भयो । त्यो तुरुन्तै फेरिदिनुपर्ने भनेका छन् । कार्यकक्षमा २४ इञ्चको एलइडी मनिटर (टेलिभिजन सेट) छ । त्यसले पुगेन, ५५ इञ्चको चाइने भयो । राज्यमन्त्रीका माग सुनेपछि आन्तरिक व्यवस्थापन हेर्ने सहसचिव रामचन्द्र ढकालको पड्किने पालो आयो । भने, ‘कि मलाई सरुवा गरिदिनुस्, म त तपाईंका माग पूरा गर्न सक्दिनँ !’ यसपछि दुगड चुपचाप छन् । राज्यमन्त्रीको अत्याचार सहन नसकेर कर्मचारीहरू मन्त्री लेखराज भट्टकहाँ पुगेर गुनासो गरेका छन् । भट्टले ‘प्रधानमन्त्रीले बनाएको मान्छे, म के भनौँ, बरु उतै (प्रमकहाँ) कुरा गर्नुस् न’ भन्दै आफू पन्छिए ।

उनको सेञ्चुरी मसला उद्योगको टेण्डरसम्बन्धी मुद्दा उहिले पनि उद्योग विभागमा चलिरहेको छ । मुद्दा लागेको मान्छे नै राज्यमन्त्री भएर आउने, त्यसमाथि हप्कीदप्की पनि गर्ने भएपछि कर्मचारी तनावमा हुने नै भए । न मुद्दा हेर्न पाइने भयो, बरु उल्टै मुद्दावाल मन्त्रीको गाली सुन्नुपर्ने स्थिति छ ।

  • जनआस्था साप्ताहिकबाट

यो पनि हेर्नुहोस्

 

व्यापारी मन्त्रीको कर्मचारीसँगै गुनासै गुनासो

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार