free website hit counter

कुलमानको सक्रियताले मारेको छलाङ

beemaadmin
२०७६ भाद्र २९, आईतवार

काठमाडौँ । हप्तैपिच्छे लोडसेडिङको तालिका अपडेट गर्दै बसेका आम नागरिकलाई आशाको दियो बनेर प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान घिसिङ साँच्चै आशाको दियो नै बने । उनले प्राधिकरण सम्हालेको तीन वर्ष पुग्दा प्राधिकरणको मुहार नै फेरिन पुगेको छ । लगातारको घाटा सहँदै आएको प्राधिकरण अहिले झण्डै १२ अर्ब रुपैयाँ कमाउन सफल भइसकेको छ । त्यति ठूलो संस्थामा एकजना इमान्दार निस्किँदा त्यति ठूलो परिवर्तन हुन्छ भने सिंगो देशमा दुई चार जना यस्तै कुलमानको जन्म भइदिए मुलुकले नै काँचुली फेर्ने थियो भनेर शहरतिर चर्चा परिचर्चा हुने गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले गएको तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ आम्दानी गरेको हो । आर्थिक वर्ष २०६२/७३ मा मात्र ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणले आव ०७३/७४ देखि आव ०७५÷७६ सम्म आइपुग्दा यस्तो फड्को मारेको हो । यो फड्कोको हकदार कुलमान र उनलाई त्यहाँ पु¥याउने राजनीतिक नेतृत्व पनि छ ।

Advertisement
Advertisement

प्राधिकरणको कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङ प्राधिकरणको प्रमुख जिम्मेवारीमा आएको तीन वर्ष पूरा भएको अवसरमा आइतबार राजधानीमा घिसिङद्धारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफू पदवहाली भएपछि प्राधिकरणले आव ०७३÷७४ मा १ अर्ब ४७ करोड, आव ०७४÷७५ मा २ अर्ब ८५ करोड र आव ०७५/७६ मा अधिकतम ७ अर्ब २० करोड रुपैयाँ दुख नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।

Advertisement
Advertisement

यसैअवसरमा घिसिङले आर्थिक वर्ष २०७२/७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले उक्त नोक्सानीलाई आव ०७३÷७४ मा रु २८ अर्ब १७ करोड, आव ०७४/७५ मा रु २५ अर्ब ५९ करोड र आव ०७५÷७६ मा आएर रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको बताए । आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणको आम्दानी जम्मा रु ३५ अर्ब ७ करोड मात्र थियो । तर हाल आव ०७५/७६ मा आइपुग्दा प्राधिकरणले कुल रु ७३ अर्ब ४६ करोड आम्दानी गर्न सफल भएको छ । घिसिङले भने, ‘प्राधिकरणले आव ०७३/७४ मा रु ५१ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै, आव ०७४/७५ मा रु ६१ अर्ब ९७ करोड रुपैयाँ प्राधिकरणले आम्दानी गरेको थियो ।

घिसिङले आफु पदवहाली भएपछिको तीन वर्षमा प्राधिकरण र नीजि क्षेत्र गरी कुल ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा आएको बताएका छन् । राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी यसै आर्थिक वर्षभित्र सक्नेगरी काम गरिरहेको घिसिङको भनाई छ । चिलिमे जलविद्युत १११ मेगावाट, रसुवागढी १०२ मेगावाट, मध्यभोटेकोसी ४२।५ मेगावाट र १४।८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको बताइएको छ । १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको तयारी अन्तिम चरणमा पु¥याईएको र ९९.६ मेगावाटको तामाकोशी ५ को समेत विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाइएको जानकारी भएको छ ।

सम्बन्धित समाचार