free website hit counter

कुलमानले भने यो गलत हो

beemaadmin
२०७७ भाद्र १०, बुधबार

काठमाडौं । उज्यालो नेपाल अभियानका अभियन्ता र एउटा कुशल प्रशासक जसले एउटा कम्पनीलाई नाफामा मात्रै लगेनन् सिंगो मुलुकको लागि नमूना बने उननको कार्यकाल सकिनै लाग्दा साकाजिक सञ्जालर नागरिक समाजले उनको निरन्तरता चाहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लाग्दा सामाजिक सञ्जालमा भने कुलमानको पुननियुक्तिको समाचारले राम्रै स्थान लिएको छ ।

यही बेला सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी कुलमान घिसिङले दिएका छन् । मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुगेको थियो । तर, घिसिङले भने आफ्नो फेक अकाउन्ट खडा गरी गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् ।

यो काम गलत भएको उनको भनाई छ । कुलमानले भनेका छन्, मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु । घिसिङलाई उक्त पदमा पुनर्नियुक्ति गर्न चौतर्फी आवज उठिरहेको बेला ऊर्जामन्त्री वर्षमान पुनले भने प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको स्पष्ट पारिसकेका छन् ।

सम्बन्धित समाचार