free website hit counter

कृषि तथा पशुपन्छी बीमामा एक अर्ब १७ करोड अनुदान

beemaadmin
२०७९ श्रावण १२, बिहीबार

काठमाडौं । जहाँ जोखिम हुन्छ त्यहाँ जोखिम हस्तान्तरण गरेर सुरक्षित बनाउने भनेकै बीमाले हो । नेपालमा बीमाको क्षेत्र विस्तार हुँदै गएको छ । कृषि बीमा अन्तरगत पनि पशुपन्छी बीमा सर्वसाधारणको उच्च आकर्षण देखिएको छ । कृषि तथा पशुपन्छी बीमा बापत गत आर्थिक वर्षको चैतसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ५९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले सोहि अवधिमा आर्जन गरेको कुल २८ अर्ब ७० करोड ११ लाख रुपैयाँको ५.५४ प्रतिशत हो । कृषि तथा पशुपन्छी बीमा बापत आर्जन गरेको कुल १ अर्ब ५९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क मध्ये ९१।२४ प्रतिशत अर्थात १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पशुपन्छी बीमाको योगदान रहेको छ । यस्तै कृषि बीमा तर्फ भने १३ करोड ९४ लख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो कृषि तथा पशुपन्छी बीमा बापत आर्जन गरेको कुल बीमाशुल्कको ८.७५ प्रतिशत हो ।
सरकारले कृषि तथा पशुपन्छी बीमा एक अर्बअ १७ करोड २१ लाख रुपैयाँ बराबरको अनुदान रकम दिएको बीमा समितिले जनाएको छ । ग्त आर्थिक वर्षको चैतसम्ममा कृषि बीमा वापत १० करोड ४५ लाख रुपैयाँ र पशुपन्छी बीमा वापत १ अर्ब ६ करोड ७५ लाख रुपैयाँ गरी सो बराबरको रकम अनुदान दिएको हो । पछिल्लो आठ वर्षमा पनि सरकारले कृषि बीमा तथा पशुपन्छी बीमाको लागि ४ अर्ब १६ करोड रुपैयाँ अनुदान दिएको समितिको तथ्यांक छ ।
कृषि बीमा अन्तरगत पशुपन्छी पालन, माछा पालन, बाली, तरकारी, फलफुल खेती आदि व्यवसायहरूको बीमा गर्न सकिन्छ । यस्तो बीमा गरेमा आगलागी, दैवीप्रकोप (भूकम्प, बाढी–पहिरो, आँधीबेहरी), रोग, किरा आदिबाट कुनै पनि प्रकारको हानी भएमा कृषकलाई नोक्सानी बराबरको रकम उपलब्ध गराईन्छ ।

सम्बन्धित समाचार