free website hit counter

कृषि विकास बैंकले बढायो नाफा

beemaadmin
२०७८ श्रावण २७, बुधबार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेको छ। असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६।७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५।६० प्रतिशत घटेको छ। तर, बैंकको खुद ट्रेडिङ्ग आम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१।०३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार