free website hit counter

कोरोनाका कारण सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै मानवीय क्षति अमेरिकाले व्यहोरेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको हो ।
एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित पनि भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ । यस्तै, इटलीमा हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ । संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित निको भइसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार