free website hit counter

कोरोनाको संक्रमण युरोपसम्म, मृत्यु हुनेमा चिकित्सकसहित ४२ (रोगको लक्षण र बच्ने उपाय)

beemaadmin
२०७६ माघ ११, शनिबार

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिले युरोपका विभिन्न देशमा पुगेको बताइएको छ । चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा पनि देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ । चीनमा भने यस भाइरसबाट मृत्यु हुनेको संख्या ४१ जना पुगेको बताइएको छ । चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

यस भाइरस फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुने । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।

Advertisement
Advertisement

बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ। नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशबाहिर जान पाएका छैनन् । नेपालमा पनि यस भाइरसको संक्रमणका विरामी फेला परिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर पुष्टि गरिसकेको छ ।

Advertisement
Advertisement

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीनबाट हवाई मार्गहुँदै नेपाल आउने पर्यटकहरुमाथि कडा निगरानी बढाइएको छ । यसका लागि त्रिभुुवन अन्तर्राष्टिय विमानस्थलमा स्वास्थ्य परीक्षणका लागि थप चिकित्सकसहितको व्यवस्था भइसकेको छ । तर स्थलमार्गबाट आउने चिनियाँ नागरिकहरुमाथि निगरानी बढाउनेतर्फ भने सरकारले कुनै पहल गरेको छैन ।

उपचारमा संलग्न चिकित्सकको मृत्यु
कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक चिकित्सकको मृत्यु भएको छ। चीनको हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले बाएका छन् । डा वुदोङको मृत्युसँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। भाइरसका कारण चीनमा १ हजार २ सय भन्दा बढी संक्रमित भइसकेका छन्।

 

 

राेगकाे लक्षणा

सम्बन्धित समाचार