free website hit counter

कोरोनाबाट ज्यान गुमाउने १ लाख ४५ हजार पनि नाघ्यो

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

एजेन्सी । कोरोना संक्रमणको महामारी अझैै रोकिएकोे छैन । कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन विश्वभरका वैैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् । कतिपय देशले भ्याक्सिनको परीक्षण पनि थालिसकेका छन् । तर विज्ञानलाई पराजित गर्दै अघि बढेको कोरोना संक्रमणले झण्डै डेढ लाख मानिसको ज्यान गइसकेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९९६ जनाले कोरोनासँग पराजित हुँदै संसार छाडेका छन् । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । २४ घण्टाको अविधमा ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् । १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ ।
एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १४ हजार २९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।
बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार