free website hit counter

कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

beemaadmin
२०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । ख्याल ख्याल गर्दागर्दै कोरोनाले भटाभट मानिसको ज्यान लिन थालेको छ । शुक्रबार एकै दिन नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। यसरी मृत्यु हुनेमा छुट्टाछुट्टै ११ जिल्लाका छन्।

मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १र१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा देशभर ८ सय ३८ संक्रमित थपिएका छन्। यो संख्या थपिएसँगै कुल संक्रमित हुनेको संख्या ३० हजार नाघेको छ। यीमध्ये सक्रिय संक्रमित अर्थात उपचार भइरहेकाहरुको संख्या १२ हजार १ सय ३२ जना छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार