free website hit counter

कोरोनाले बीमीतसँग नजिक हुने मौका दियो

beemaadmin
२०७७ श्रावण १७, शनिबार

० कोरोना कहर (कोभिड–१९) ले नेपालको समग्र बीमा बजारलाई कस्तो प्रभाव पारेको छ ?
– सर्वप्रथम त राज्यले सम्मानपूर्वक बीमालाई अत्यावश्यक सेवा भनी पहिचान गर्ने सुवर्ण मौकाचाहिँ कोभिड १९ ले दियो । जसले गर्दा बीमकहरुले महामारीलाई बिर्सेर यससँग भिड्दै गर्दै सुरक्षात्मक उपायहरु अपनाइ निरन्तर सेवा दिइरहे । अन्य व्यापार व्यवसायलाई जे–जस्तो असर परे पनि निर्जीवन बीमा व्यवसायलाई तुलनात्मक रुपमा असर कम देखियो । यस्तो असहज परिस्थितिमा पनि आकार, क्षेत्र, दायरा, विस्तार भइरहेको छ । समग्रमा बीमा व्यवसायलाई कोभिड १९ ले बिमितसँग नजिक हुने र बीमाको महत्त्व बुझ्ने बुझाउने अवसर मिलेको छ ।

० कोभिड १९ ले पार्ने नकारात्मक प्रभाव कम गर्न के कस्ता कदम चाल्दै हुनुहुन्छ ?
– यसले मानवीय जीवन र मृत्युसँग प्रत्यक्ष सम्बन्ध राखेको हुनाले मान्छेहरु त्रसीत छन् । मान्छेको जीवन अर्थतन्त्र भन्दा माथिको कुरा हो । धनको क्षतिपूर्ति भविष्यमा पनि गर्न सकिन्छ तर जीवनको सकिँदैन। त्यसैले हामी वैज्ञानिक ढंगले प्रविधिमैत्री बन्दै अगाडि बढ्दैछौं ।

० कोभिड १९ बीमालेखको आकर्षण निकै देखियो कारण के होला?
– प्रत्येक व्यक्तिलाई यसको आवश्यकता र औचित्य छ । अधिकांश व्यक्तिहरुले यसको महत्व बुझेर नै यस बीमामा आकर्षित भएको देखियो । कम बीमा शुल्कले बढी जोखिम बहन गर्नाले यसको आकर्षण बढेको हो । यसमा बीमकलाई पनि कम जोखिम हुन्छ किनकि यस बीमामा दोहोरो क्षतिपूर्ति नदिइने हुनाले र क्षतिको जोखिम सबै बीमाले व्यहोर्छ छन् । यसलाई कन्ट्रिब्युसनको सिद्धान्त भनिन्छ । यसमा मेरो व्यक्तिगत अनुरोध पनि छ कि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु यसको दायरामा आउनुपर्दछ र सुरक्षित हुनुपर्दछ ।

० कारोबार बढाउने नाममा बीमा कम्पनीहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिए भन्ने आरोप छ नि ?
– सकारात्मक प्रतिस्पर्धा आजको आवश्यकता हो र सबैले बुझेका पनि छन् ।

० सबै आर्थिक क्रियाकलाप कम भएको बेला बीमा क्षेत्रको व्यवसाय विस्तार सम्भव छ ? असहज अवस्थामा बजार विस्तारका लागि के–कस्ता रणनीति बनाउँदै हुनुहुन्छ ?
– यो अत्यावश्यक छ, दुर्घटना र सुरक्षामा केन्द्रित हुनाले आवश्यकताअनुसारको सुरक्षाका नीतिहरु हुनुपर्दछ र व्यवसाय विस्तार पनि गर्न सकिन्छ ।

० निर्जीवन बीमामा अभिकर्ताको आकर्षण किन नभएको होला ?
– हामीले अभिकर्तालाई आकर्षित गर्न सकेका छैनौं । किनभने यो अलि बढी प्राविधिक र कम प्रतिफल पूर्ण भएकोले हो ।

० निर्जीवन बीमामा बढी आकर्षण कुन क्षेत्रमा देखिन्छ ?
– कृषि, धनसम्पत्ति, तेस्रो पक्ष दायित्व र स्वास्थ्य बीमा क्षेत्रमा बढी आकर्षण देखिन्छ । यसमा पनि कृषि बीमा कृषकको निकै आवश्यकताको कुरा पनि थियो । यसैको उपजले गर्दा बढी आकर्षण कृषिमा देखिन्छ ।

० अन्त्यमा पाठकलाई के सन्देश दिनुहुन्छ ?
– बीमा दुःखको साथी हो । सुखमा सबै साथमा हुन्छन् तर बीमा मात्र त्यस्तो व्यवसाय हो जो दुःखको साथी, आशा र भरोसा पुर्नस्थापना तथा पुर्ननिर्माण हो । कहिल्यै नबिर्से र आफ्नो जीवन, घर–सम्पत्ति बीमा गरी सुरक्षित रहनुहोस् । विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) कोभिड १९ मापदण्डअनुसार सुरक्षित उपाय नै सुरक्षित रहन अनुरोध गर्दछु ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार