काठमाडौं । नोबेल कोरोना भाइरसले चिनलाई नराम्रोसँग सताइरहेको बेला विश्वका अरु मुलुकमा पनि कोरोनाको संक्रमण देखिन थालेको छ । दक्षिण कोरियामा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ जाने तयारीमा रहेका नेपालीहरुको उडान समेत प्रभावित भएका छन् । हाससम्म दक्षिण कोरियामा यो संक्रमणबाट ५ सयभन्दा बढी संक्रमित फेला परेका छन् ।
दक्षिण कोरियामा कोरोनाको संक्रमण देखिन थालेपछि नेपाली युवाहरुको उडान सारिएको छ । यसैहप्ता दक्षिण कोरियामा जान तयार ५० जना नेपालीको उडान मिति सार्ने निर्णय गरिएको हो । इपिएसमार्फत दक्षिण कोरिया जान लागेका नेपालीहरुको उडान मार्च तेस्रो सातापछि गरिने बताइएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि सम्पूर्ण प्रक्रिया पुरा गरेर दक्षिण कोरिया जान तयार भएका नेपालीको उडान केही समयका लागि सारिएको हो । दक्षिण कोरियामा करिब ४० हजार नेपाली कामदार छन् । नोबेल कोरोना भाइसरको संक्रमण दर बढदै गए पछाडि दक्षिण कोरियामा रोजगारका लागि गएका नेपालीको विषयमा वैदेशिक रोजगार विभागले छलफल गर्ने भएको छ । दक्षिण कोरियामा रहेका नेपालीमा पनि संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेको छ ।