free website hit counter

कोरोनाले लियो डाक्टरकै ज्यान

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

दिल्ली। छिमेकी देश भारतको मध्य प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।
बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।
पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै मध्यप्रदेशको धेरै स्थानलाई पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेश सरकारले लकडाउन खुलेपछि पनि प्रदेशको सपिङ मल, धार्मिक स्थल र स्कुल कलेज एक महिना बन्द गर्न सक्ने बताइएको छ ।
भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार