काठमाडौं । कोरोना कहरले विश्व अर्थतन्त्र धरासायी बन्दा नेपालको अर्थतन्त्र नधरमराउने कुरै भएन । अहिले नेपालको अर्थतन्त्रलाई पनि कोरोनाले नराम्रोसँग प्रभावित बनाएको छ । कोरोना महामारीका बीचमा पनि निर्जिवन बीमा कम्पनीहरुले उत्साहप्रद व्यवसाय गर्न सफल भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ५८ करोड भन्दा बढि कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले असोज महिनामा उत्साहप्रद व्यवसाय गर्न सफल भएका हुन् ।
असोज महिनामा झण्डै तीन अर्बसहित पहिलो त्रैमासमा कूल साढे तीन अर्बभन्दा बढि व्यवसाय गर्न सफल भएका छन्।बीमा समितिको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनी पहिलो हुन सफल भएको छ । उसले तीन महिनामा ९० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, दोस्रोमा सगरमाथा इन्स्योरेन्स छ । सो कम्पनीले कूल ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै नेको इन्स्योरेन्स तेस्रो हुन सफल भएको छ ।सो कम्पनीले ६८ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ। सिद्धार्थ इन्स्योरेन्स ६२ करोड सहित तेस्रो स्थानमा छ भने एनएलजी इन्स्योरेन्स ५६ करोड कूल बीमा शुल्क आर्जन सहित पाँचौ स्थानमा छ । यसअघि दोस्रो स्थानमा रहने प्रयासमा रहेको सिद्धार्थ इन्स्योरेन्स यस पटक भने तेस्रो स्थानमा झरेको छ ।
त्यसैगरी, गत वर्षसम्म निकै पछाडि रहेको एनएलजी इन्स्योरेन्स साउन महिनादेखि नै लगातार पाँचौं स्थानमा पर्दै आएको छ । एनएलजीले प्रिमियर, प्रभु र लुम्बिनी जनरल इन्स्योरेन्सलाई उछिन्न सफल भएको छ। नयाँ कम्पनी अजोड इन्स्योरेन्सले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, अजोड, नेशनल र ओरियन्ट, एभरेष्ट इन्स्योरेन्सलाई जित्न सफल भएको छ ।
त्यस्तै, युनाईटेड इन्स्योरेन्सले हिमालयन जनरल इन्स्यारेन्सलाई जित्न सफल भएको छ । सानिमा जनरल इन्स्यारेन्स १२ करोड बीमा शुल्क सहित अन्तिम रहेको छ । त्यस्तै, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क बीमा समितिमा प्राप्त नभएको जनाइएको छ ।