free website hit counter

कोरोना बीमाको रकममा सरकारको कर्के नजर

beemaadmin
२०७७ आश्विन २८, बुधबार

काठमाडौं । कोरोनाका नाममा अरवौं रकम बेपर्वाह खर्च गरेको सरकारले कोरोना बीमा गरेका बीमितले पाउने बीमा दावी भुक्तानीमा कर्के नजर लगाएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना बीमाको उपचार खर्च तथा परिक्षण निःशुल्क गरिएका समुहका सदस्यहरुले कोरोना बीमा गरेको भए, सो बापतको खर्च बीमा कम्पनीबाट असुल गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको असोज १९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा यस्तो निर्णय गरिएको प्रबक्ता तथा प्रसुति अस्पतालका प्रमुख गौतमले जानकारी दिए ।

प्रबक्ता गौतमका अनुसार आर्थिक रुपमा बिपन्न, असहाय, अपाङ्गता भएका व्यक्तिहरु, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीको सरकारले निःशुल्क रुपमा कोरोना भाइरसबाट हुने रोगको उपचार गर्ने र त्यस्तो समुहभित्रकाले कुनै पनि बीमा कम्पनीमा कोरोना बीमा गरेको भए, बीमा बापत प्राप्त हुने दावी भुक्तानी उपचार तथा परिक्षण रकम बराबर सरकारले लिने निर्णय गरिएको हो । सरकारले उपचार खर्च व्यहोर्ने बाहेकका समुहका उपचार खर्च बाहेकको रकम भने सम्बन्धीत बिरामीले नै पाउने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार