free website hit counter

कोरोना बीमामा १५ हजार बढीको दाबी

beemaadmin
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं । बीमा समितिको हलुका निर्णयबाट शुरु भएको कोरोना बीमाको दाबी भुक्तानी उत्तिकै गह्रौ सावित हुँदै गएको छ । कोरोना संक्रमितको दर बढेसँगै कोरोना बीमा दाबी भुक्तानीको लागि कागजपत्र पेश गर्नेको संख्या बढेको बढ्यै छ ।
कोरोना बीमाको संक्रमण फैलँदै जाँदा कोरोना बीमा पोलिसीमाथिको दावी भुक्तानी ह्वात्तै बढेको हो । सहज रुपमा कोरोना बीमाको दावी भुक्तानी हुन नसक्दा झण्डै डेढ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीहरुले कोरोना बीमा बापतको भुक्तानी समयमा नगर्दा बीमा पुलमा दावी भुक्तानीको लागि लाइन लाग्नेको संख्या १५ हजार नाघेको छ । बीमा पुल र राष्ट्रिय बीमा कम्पनीबाट प्राप्त तथ्याङ्क अनुसार कोरोना बीमाको हालसम्म एक अर्ब ७० करोडभन्दा बढिको कोरोना बीमा दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै एक अर्ब बीमा दावी परेको छ । सो कम्पनीमा प्रहरी, सरकारी कर्मचारी सहित १० जना बीमा दावी भुक्तानीको लागि लाईनमा छन् । त्यस्तै, बाँकी कम्पनीमा ७२ करोडभन्दा बढि दावी बक्यौता छ । अन्य कम्पनीमा करिब पाँच हजार जनाले कोरोना बीमाको दावी भुक्तानीको लागि आवेदन दिएका छन् । कोरोना बीमा पुलमा हालसम्म १५ हजार भन्दा बढि दावी भुक्तानीको लाईन लागेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस महामारीबाट जनतालाई राहत दिन बीमा समितिले सामाजिक उत्तर दायित्व अन्तर्गत कोरोना पोलिसी बिक्री सुरु गरेको थियो ।

सम्बन्धित समाचार