free website hit counter

कोरोना बीमामा ४ अर्बको दाबी, ३ अर्ब भुक्तानी गर्न बाँकी

beemaadmin
२०७७ मंसिर २४, बुधबार

काठमाडौ । विना अध्ययन सहजै रुपमा शुरु भएको कोरोना बीमाको दाबी भुक्तानी अर्थ मन्त्रालयको पटक पटकको ताकेतापछि बल्ल गति लिन थालेको छ । तर पनि बीमितहरुले राहत पाउन सकेका छैनन् ।

बीमा समितिको हतारको निर्णयले अहिले बीमा कम्पनीहरुमाथि नै प्रश्न उठाउने काम कोरोना बीमाले गरेको छ । हालसम्म कोरोना बीमामा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो दाबी मध्ये बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीहरुले कोरोना बीमाबाट ९८ करोड ६६ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् ।

बैशाख पहिलो हप्ताबाट कोरोना बीमा संचालनमा आएको हो । उक्त बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । कम्पनीका परेको कुल दाबीमा हालसम्म ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

\यस्तै, संकलन भएको बीमा शूल्कबाट कम्पनीले ५० करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बीमा दाबी भुक्तानीको दायित्व बीमक, नेपाल पुनर्बीमासँगै बीमा समितिसम्म जोडिएको छ ।

सम्बन्धित समाचार