free website hit counter

कोरोना भगाउने कार्डले मुटुमा पार्ला नि प्वाल

beemaadmin
२०७७ असार १३, शनिबार

काठमाडौं । जनताले जीवनजल नपाएर तड्पीतड्पी मर्नु परिरहेको बेला नेताहरु भने आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर विज्ञानले प्रमाणित नगरेको अफवाहको पछि लाग्दा रहेछन् भन्ने देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरुले भाइरस भगाउने भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ । यस्तै कार्ड संसदीय समितिमा केही सांसदहरुले समेत प्रयोग गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु तथा कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए । उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ । कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने भनिनु भ्रमबाहेक केही नभएको बताए ।

सम्बन्धित समाचार