free website hit counter

कोरोना भाइरसविरुद्ध मेटलाइफ फाउण्डेशनले दियो २५ मिलियन डलर

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने भएको छ । मेटलाइफ फाउण्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ ।
मेटलाइफका अध्यक्ष तथा सीइओ मिशेल खलाफका अनुसार ‘सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो । मेटलाइफ फाउण्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ । हामी जुन समुदायहरूमा काम गछौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौं ।
मेटलाइफ फाउण्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्कालका लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । मेटलाइफ फाउण्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पुर्याउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सँधै अग्रसर रहेनछ ।
प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउण्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, इएमइए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन । साथै कोरोनाभाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउण्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

सम्बन्धित समाचार