free website hit counter

कोरोना रोकथामका लागि नेपाल लाइफको १ करोड सहयोग

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको युद्धमा जसरी पनि विजयी प्राप्त गर्न नेपाल सरकारले थालेको अभियानलाई सबै क्षेत्रबाट सहयोग भइरहेको छ । सरकारले स्थापना गरेको कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगी हातहरु थपिने क्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड सहयोग गर्ने जनाएको छ ।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ । यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।

सम्बन्धित समाचार