free website hit counter

कोरोना संक्रमण अहिलेसम्मकै बढी, उपत्यकामा फैलियाे संक्रमण

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं । देशभर कोरोना संक्रमण फैलिएको मात्रै छैन स्थिति जटिल बन्दै गएको संकेत पछिल्ला दिनका संक्रमण दरले देखाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ व्यक्तिलाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले देशभर १ हजार १११ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै उच्च हो । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै उच्च हो । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
२४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमितमध्ये हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् ।

काठमाडौंमा एकैदिन ३७७ जनालाई कोरोना
काठमाडौं उपत्यकामा एकैदिन ३७७ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । उपत्यकामा एकैदिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जनालाई कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार