free website hit counter

कोरोना संक्रमित अहिलेसम्मकै उच्च, ५८६ संक्रमित कुन कुन जिल्लाका ?

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्नेक्रम बढ्दो छ । दिनदिनै संक्रमित बढिनै रहेका बेला आज अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५८६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संख्या अहिले सम्मकै सर्वाधिक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित प्रेस भेटघाटमा ५४६ पुरुष र ४० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिए ।
यो संगै कोरोना संक्रमितको संख्या ७ हजार ११७ पुगेको छ । जसमा ६ हजार ६३८ पुरुष र ५३७ महिला रहेका छन् । देशभर ७३ जिल्लामा संक्रमण फैलिएको छ । महोत्तरी र रौतहटमा धेरै संक्रमित भेटिएका छन् । महोत्तरीमा २०० र रौतहटमा १२७ जनालाई कोरोना पुष्टि भएको छ । उदयपुरका ४, सिरहाका ४, मोरङका ९, झापाका २, धनुषाका २६, बाराका ७, कपिलवस्तुका १०, सर्लाहीका ६, प्यूठानका ३८, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीपूर्वका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ लाई संक्रमण पुष्टि भएको छ ।
संक्रमित मात्रै थपिएका छैनन् । निको भएर घर फर्किने मानिसको संख्या पनि बढिरहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या १ हजार १६७ पुगेको छ । जसमा ११२ महिला र १०५५ पुरुष रहेका छन् । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मिर्गौलाको समस्या भई भर्ना भएकी ४६ वर्षकी महिलाको मृत्यु असार १ गते भएको र कोरोना पोजेटिभको पुष्टि प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार