free website hit counter

क्यानले पुरुष खेलाडीको मात्रै गरायो कोरोना बीमा

beemaadmin
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै कोरोना बीमा (कोभिड १९) बीमा गराउनेको संख्या बढ्दै गएको छ । संस्थागत रुपमा समेत कोरोना बीमा गराउनेको संख्या बढिरहेको बेला नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ ।

क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो । क्यानले एक विज्ञप्ती जारी गरी खेलाडी र स्टाफ गरी ५१ जनाको कोरोना बीमा गरेको जनाए पनि त्यसबारे पूर्ण विवरण खुलाइएको छैन । पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले क्यानले पहिलो चरणमा पुरुष खेलाडीसहित मैदान स्टाफ र क्यानकै केही स्टाफको बीमा गराएको हो । क्यान स्रोतका अनुसार २३ खेलाडी, कीर्तिपुर मैदानका १६ जना ग्राउण्ड स्टाफ, मूलपानी मैदानका ६ स्टाफ र क्यानका ६ जना स्टाफ गरी ५१ जनाको बीमा गरिएको हो ।

Advertisement
Advertisement

महिला खेलाडीको पनि बीमा गर्ने भनिए पनि तत्काल कुनै प्रतियोगिता नभएकाले बीमा पछि गरिने भएको हो । क्यान स्रोतले भने महिला खेलाडीको डकुमेन्ट प्राप्त भइनसकेकाले केही समय लाग्ने जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो दरमा रहेकाले विभिन्न खेल संघहरुले खेलाडीकोमा गराउन थालेका छन् । काठमाडौं उपत्यकामा पनि दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यानले खेलाडी, मैदानमा काम गर्ने कर्मचारी, क्यान स्टाफहरुको बीमा गराएको हो ।

Advertisement
Advertisement

कोरोना संक्रमण बढेपछि मार्चयता नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिता खेलेको छैन । यस्तै केही खेलाडीले व्यक्तिगत रुपमा प्रशिक्षण गर्नुबाहेक प्रशिक्षण समेत शुरु हुन सकेको छैन । चार महिनाको लकडाउनपछि खेलकुद क्षेत्र पनि पुरानै लयमा फर्कने संकेत देखिएपनि पछिल्लो समय संक्रमितको दर बढेपछि त्रास बढेकोले नेपाल सरकारले भदौ १५ गतेसम्म समूह खेलिने खेल सामूहिक खेलकुद गतिविधि गर्न रोक लगाएको थियो ।

सम्बन्धित समाचार