free website hit counter

क्रेडिट कार्ड जारी गर्ने पहिलो सरकारी बैंक

beemaadmin
२०७८ असार १६, बुधबार

काठमाडौं । आधुनिक प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग हुन थालेको छ । यसै क्रममा कृषि विकास बैकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा यस बैकले २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको छ । हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ । नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्रभित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् । यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी EMV Compliance, Contactless Payment Features,नेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावहरुमा समेत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार