free website hit counter

क्रेष्ट माइक्रो लाइफले आइपीओ जारी गर्ने

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००।– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरू प्रति शेयर अङ्कित मूल्य रु. १०० दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दैछ ।

सम्बन्धित समाचार