free website hit counter

क्लिनिकल ट्रायल गर्दै अमेरिका

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

एजेन्सी । पछिल्लो समय कोरोनाको चपेटामा नराम्रोसँग फसेको अमेरिकाले दैनिक एक लाख व्यक्तिको कोरोना परीक्षण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ ।
ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए । उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे । ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार