free website hit counter

खसीको खुट्टाको सुप (Mutton leg soup)

beemaadmin
२०७६ पुष २७, आईतवार

 

अचाक्ली जाडोको बेला चिसोले सताउने डर बढी नै हुन्छ । रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न पनि झोलिलो र पोशिलो खाने कुरा यो मौसममा खानु पर्दछ । त्यसैले हामीले यो ठण्डी उतार्ने खसीको खुट्टाको सुप बनाउने विधि प्रस्तुत गरेका छौं ।

Advertisement
Advertisement

आवश्यक सामग्री

Advertisement
Advertisement

पानी आवश्यकता अनुसार वा एक लिटर
खसीको खुट्टा दुई पिस
नुन, अजिनो मोटो, मरिच स्वाद अनुसार
तेजपात दुई पिस
प्याज चप ५० ग्राम
तेल ५० मिलि
लसुन चप, अदुवा चप दुई चम्चा
हरियो खुर्सानी चप एक चम्चा
बेसार आधा चम्चा
खुर्सानीको धूलो स्वाद अनुसार
हरियो धनियाँ चप दुई चम्चा
जिरा पाउडर आधा चम्चा
मेथी आधा सानो चम्चा

तयार गर्ने विधि

खसीको खुट्टालाई सानो–सानो पिस बनाएर कुकरमा पानी हालेर तीन सिटी लगाउने । कुनै बाक्लो भाँडोमा तेल तताउने र मेथी फुराउने । मेथी कालो–कालो भएपछि प्याज, अदुवा, लसुन र हरियो खुर्सानी फुराउने । सबै सामान फ्राई गरिसकेपछि कुकरको खसीको खुट्टा हालेर पकाउने । त्यसमा नुन, अजिनो मोटो, तेजपात, हल्का बेसार, जिराको धूलो, खुर्सानीको धूलो सबै हालेर कुकरमा फेरि दुई–तीन सिटी लगाउने । अब तपार्इंको खसीको खुट्टा तयार भयो । धनियाँ हालेर सर्भिस गर्ने । विशेष गरी यो सुप जाडो महिनामा खाँदा निकै फाइदाजनक हुन्छ ।

सम्बन्धित समाचार