free website hit counter

खाडी र मलेसियामा यस्तो छ नेपालीको अवस्था

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । लाखौं नेपाली युवाको रोजगार गन्तव्य रहेको मलेसिया र खाडी मुलुक कार्यरन नेपाली युवाहरु पनि कोरोनाको चपेटामा परेका छन् । कति युवा बेरोजगार भएका छन् भने कति त संक्रमित पनि भएका छन् । अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् ।
सबैभन्दा बढी १२ जना संक्रमित नेपाली कामदार बहराइनमा छन् । केही दिनअघि बहराइनमा एकैपटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि ३ जना संक्रमित आइसोलेसनमै थिए ।
संयुक्त अरब इमिरेट्स यूएईमा पनि ८ जना नेपाली कामदारहरु संक्रमित बनेका छन् । त्यसमध्ये २ जना सन्चो भएर अस्पतालबाट डिस्चार्ज भइसकेका दुबईस्थित नेपाली दूतावासले जनाएको छ । ६ जना उपचारकै क्रममा छन् ।
यसैगरी साउदी अरबमा ४ नेपाली कामदार कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । नेपाली दूतावासका अनुसार ४ जना नेपाली संक्रमित भएर उपचाररत छन् । तर, ती कामदार को थिए र कहाँ कार्यरत थिए भन्ने जानकारी दूतावसलाई त्यहाँको सरकारले दिएको छैन ।
कुवेतमा दुई जना नेपाली कामदारमा संक्रमण भेटिएको छ । उनीहरु अहिले पनि उपचारकै लागि अस्पतालमा छन् । कुवेतमा ५६६ जनामा संक्रमण पुष्टी भएको छ ९९ जना उपचापछि घर फर्किएका छन् । एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।मलेसियामा अहिलेसम्म ३ हजार ६६२ जनामा कोभिभ १९को संक्रमण देखिएको छ । त्यसमध्ये १००५ जनाको रोग निको भइसकेको छ भने ६१ जनाको मृत्यु भएको छ ।
नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मुलुक मलेसियामा अहिलेसम्म एक जना नेपालीमा मात्रै संक्रमण पुष्टि भएको छ । सेलांगर क्षेत्रमा काम गर्ने ती कामदार अहिले आइसोलेसनमा छन् ।
कतारले अहिलेसम्म संक्रमितहरुको राष्ट्रियता खुलाएको छैन । नेपाली कामदारको पनि बाहुल्यता रहेकाले त्यहाँ नेपालीहरुमा संक्रमण भएको हुन सक्ने आशंका मात्रै छ ।
अहिलेसम्म कतारमा १ हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । १२३ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
ओमानमा पनि अहिलेसम्म कुनै नेपालीमा संक्रमण पुष्टि भएको छैन । त्यहाँ संक्रमित भएका २९८ जनामध्ये ६१ जना घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार