खुर्कोट । शाखा सञ्जाल विस्तार गर्दै सबै स्थानीय तहमा बैकिङ पहुँच पुर्याउने क्रममा बैंकहरु रहेका छन् । यसै क्रममा सिन्धुलीको खुर्कोटस्थित गोलान्जोर ७ मा हिमालयन बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरे । प्रमुख अतिथि श्रेष्ठले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त पनि व्यक्त गरेका थिए ।