free website hit counter

गढिमाई मेला व्यवस्थापनका लागि ज्योति विकास बैंकको सहयोग

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । गढिमाई मेलाको समयमा हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि ज्योति विकास बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको छ। प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो।
गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने कुरा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार