पोखरा । गण्डकी विकास बैंक लिमिटेडले वाह्रौ वार्षिक साभारण सभाबाट १७.३२ प्रतिशत लाभांश पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात रु. ४७ करोड ६३ लाख कर समेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन, नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव लगायत आव २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप रु।३२ अर्व ९७ करोड संकलन गरी रु।२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा ब्त्ः वाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ ।