free website hit counter

गभर्नर पौडेलले लिए शपथ

beemaadmin
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।
नेपाल राष्ट्र बैंकका १८औं गभर्नरका रूपमा डा विश्वनाथ पौडेल जेठ ६ गते नियुक्त भएका छन्। उनी अर्थशास्त्रका प्राध्यापक र नीति विश्लेषक हुन्। यसअघि उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा सेवा गरेका थिए। उनको शैक्षिक यात्रा चीनको शाङ्घाइबाट इन्जिनियरिङमा स्नातक र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर र पीएचडी सम्मको अध्ययन रहेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा डा। विश्वनाथ पौडेलको नाम सिफारिस गरिएको थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा बीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको थियो। डा। पौडेलको नियुक्ति नेपालको वित्तीय क्षेत्रको स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार