free website hit counter

गरिमा विकास बैंकको फाइभ इन वान बचत खाता सञ्चालन

beemaadmin
२०८० माघ ३, बुधबार

काठमाडौँ । गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ, वेव बैकिङ, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकरमा पचास प्रतिशतसम्म छुटको सुविधा रहने बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैङ्कका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैंकले जनाएको छ। । गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित समाचार