काठमाडौं । जीवन बीमाको प्रतिस्पर्धात्मक बजारमा नयाँ लुघ बिमकहरु धमाधम प्रवेश गर्न थालेका छन् । जसमा बीमितलाई सहज र सरल बीमालेख बिक्री गर्नका लागि गार्डियन माइक्रो लाइफले अग्रिम भुक्तानी बीमालेख बजारमा ल्याउँदैछ । कम आयश्रोत भएका व्यक्तिलाई लक्ष्यित गरेर गरिने यस बीमा लेख समयसान्दर्भिक देखिन्छ । सावधिक जीवन बीमा बीमक र बीमितको लामो करार हो । बीमा अवधि लामो हुँदा बीमितको आर्थिक अवस्था एकनासको नहुन सक्छ । सामाजिक गतिविधि वा पढाई, ब्रतबन्ध, विवाद जस्ता कार्यक्रमले बीमितको आर्थिक अवस्था सधैं उस्तै हुँदैन । यसैलाई मध्यनजर गरेर गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले बीमा अवधि समाप्ति अगाडि नै बीमाङ्क रकमको केही हिस्सा फिर्ता दिने गरी पोलिसी ल्याउन लागेको हो । जसले गर्दा बीमा शुल्क बुझाउनका लागि आर्थिक बोझ कम हुन्छ भने जोखिम बहन, बचत र सुरक्षा कायम रहन्छ ।
बीमा गर्दा परिपक्व बीमालेख अन्तर्गत दाबी भुक्तानी लिने प्रयास गर्नुपर्छ
बीमितले बीमा गर्नासाथ ऋण कति पाइन्छ, समर्पण गर्न कहिले पाइन्छ भन्ने सोच्नै हुँदैन । यो भनेको आपतकालिन अवस्थामा विकल्प खोज्ने कुरा हो । बीमा शुल्क नियमित गर्नु, बीमालेख सक्रिय पार्नु र आफ्नो जोखिम बीमकलाई हस्तान्तरण गर्नु नै बीमाको सिद्धान्तमा पर्दछ ।
दक्ष जनशक्तिको उत्पादन पक्कै राम्रो हुनेछ
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी रहेका छन् । उनी लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय दक्ष जनशक्ति हुन् । नेपाल रि इन्स्योरेन्सको कार्यकारी अधिकृत पद सम्हालिसकेका भण्डारीले त्यसअघि नेशनल लाइफ, प्राइम लाइफ लगायतका कम्पनीमा विशिष्ट जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । जसले गर्दा आगामी बीमाका उत्पादनहरु पनि समय सापेक्ष आउनेछन् भन्ने विश्वास गर्न सकिन्छ ।