free website hit counter

गिरी परिवारलाई यूनियन लाइफद्वारा २१ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ बैशाख १५, बिहीबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी दिएको छ । कम्पनीको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका ४० बर्षिय भारत गिरीको मृत्यु दावी बापत उनका हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
२०७६ पौष २९ मा २० बर्षको लागि विमाङक २० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका गिरीको कोभिड १९ को कारण मृत्यु भएको थियो । २ किस्ता वापतको रकम रु १लाख ९४ हजार ७ सय ४८ रुपैयाँ मात्र बुझाएका गिरीको मृत्यु दावी रकमको चेक इटहरी २० तरहरा स्थित बीमितको घरैमा पुगेर प्रदेश नंबर १ का प्रमुख भुपराज पराजुली शाखा प्रमुख ऋषिराज पराजुली, एजेन्सी मेनेजर भवानी बानियाँ, लोक बहादुर तामाङ, ज्ञानेश्वर चौधरी को संयुक्त उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार