free website hit counter

गुणस्तरीय सेवासँगै व्यवसायिक फड्को मार्दै सगरमाथा इन्स्योरेन्स

beemaadmin
२०७९ श्रावण ३, मंगलवार

काठमाडौं । व्यवसायिक फड्को मार्दै अघि बढेको अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं बर्ष पूरा गरि २७औं बर्षमा प्रवेश गरेको छ। निर्जिवन बीमा व्यवसायमा सर्वाधिक व्यवसाय गर्न सफल कम्पनीले बीमित र लगानीकर्ताहरुका मन जित्दै आफ्नो व्यवसायिक यात्रा अघि बढाएको छ ।
सातै प्रदेशमा ८६ शाखाबाट बीमितलाई सेवा दिँदै आईरहेको कम्पनीले आगामी दिनमा गुणस्तरीय सेवा दिँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । यस सुखद अवसरमा साथ दिने बीमित, सेवाग्राही, लगानीकर्ता र शेयरधनीहरुलाई कम्पनीले कृतज्ञता व्यक्त गरेको छ। २६औ बर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले बीमा समितिले तोकेको पुँजि पुर्याउन यसै बर्ष लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरको पारम्भिक सम्झौता समेत गरेको छ।
कम्पनीका सिईओ चंकि क्षेत्रीले प्रिमियम संकलनमा मात्रै नभई बीमा दाबीमा सगरमाथा छिटो छरिटो रहेको बताए ।उनले यस बर्ष मात्रै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा दाबी तिरेको बताए ।बीमा गराएरमा मात्रै हैन, बीमा दाबी दिएर निरन्तर रुपमा बीमितहरुको विश्वास जित्दै अघि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । बीमा समितिले दाबी भुक्तानी मनाउदै गर्दा कम्पनीले यस बर्ष १ अर्ब ८४ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीले २ लाख ४७ हजार बीमलेख जारी गरेर असार मसान्तसम्ममा ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।

सम्बन्धित समाचार