सर्लाही । बीमितको मृत्युपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर अञ्चल सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकाका बीमित वेदबहादुर मगरको मृत्युपछि उनकी श्रीमती तुलसालाई दुई वटा अलग अलग सावधिक र म्यादी जीवन बीमा गराए वापत कम्पनीमा ५५ हजार बुझाएका थिए ।
वेदबहादुरको मृत्युपछि बीमा दाबी वापत उनको श्रीमतिलाई २० लाख ४१ हजार तीन सय २८ रुपैयाँको चके हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उक्त रकम लालबन्दी शाखाका शाखा प्रमुख लोककुमारी काफ्ले र कम्पनीका कर्मचारी, एजेन्सी म्यानेजर सहितका टीमले घरमै गई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
शाखा प्रमुख काफ्लेले जीवन बीमा सम्बन्धी जनचेतना पहिलाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको र यो मात्र नभई आर्थिक विरुद्धको जोखिम भएकाले सबैलाई बीमा आवश्यक रहेको बताइन् ।