free website hit counter

गुराँस लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०७९ मंसिर २८, बुधबार

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँको कुल ४।२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ३९ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।२१ प्रतिशतले हुन आउने २ लाख ५ हजार २६३ रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार