काठमाडौं । बीमा क्षेत्रमा झण्डै दुई दशक बिताइसकेका यस क्षेत्रका ज्ञाता बिपिन कुमार लाल गुराँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ । असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियामक निकाय बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कार्तिक ३ गतेदेखि लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका लालले एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष बिताइसक्नुभएको छ ।